Wednesday, November 6, 2013

आफैलाई नै पिंजडाको कैदि भाको देखे आमा ,  

सपनी मा आफ्नै आगन पहिरो गाको देखे आमा,
आफैलाई नै पिंजडाको कैदि भाको देखे आमा ,
गड्याङ गुडुङ आकाशमा घनाघोरि चारैतिर
घरको छानो चुहिएर दुख पाको देखे आमा,
आफैलाई नै पिंजडाको कैदि भाको देखे आमा ,
धमिलीदै मेचि काली रगतको त्यो रुप फेर्दै
आफैतिर उर्लिएर बाढी आको देखे आमा
आफैलाई नै पिंजडाको कैदि भाको देखे आमा ,
अत्तालिदै कहालिदै भाग्ने कोशिस लाख गर्दा
ऐठन भइ पाइलै पिच्छे चोट खाको देखे आमा
आफैलाई नै पिंजडाको कैदि भाको देखे आमा ,
अनयासका पानाहरु बाट...कृष्ण लामिछाने, रिभान–८, कास्की, हाल साछन, साउथ कोरिया ।

No comments:

Post a Comment